चलचित्र ‘आएम जितबहादुर’को प्रचारका लागि कलाकार जितु नेपाल नुवाकोटमा



नुवाकोट,जेठ ३०— बहुप्रतीक्षित नेपाली चलचित्र ‘आएम जितबहादुर’ को प्रचारप्रसारका लागि चर्चित कलाकार जितु नेपाल (मुन्द्रे) नुवाकोट आइपुगेका छन् ।

प्रचार अभियानका क्रममा कलाकार नेपालले चलचित्रमा समेटिएका विषयवस्तु, कथा र यसले दिने सन्देशका बारेमा दर्शक तथा शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। उहाँले नेपाली समाजको यथार्थ, संघर्ष र जीवनका विविध पाटाहरूलाई चलचित्रमार्फत प्रस्तुत गरिएको बताउनुभयो।

चलचित्रप्रति दर्शकमाझ उत्साह बढ्दै गएको आयोजकले जनाएको छ।नेपाली समाजका प्रतिनिधिमूलक पात्र र घटनालाई समेटिएको चलचित्रले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ।

चलचित्र ‘आएम जितबहादुर’ यही असार ५ गतेदेखि नुवाकोटस्थित शिवालय सिनेप्लेक्स सहित देशभरका सिनेमाघरमा एकैसाथ प्रदर्शन हुँदैछ । यस अवसरमा नेपाली चलचित्रप्रेमीहरूलाई हलमै पुगेर चलचित्र हेरी नेपाली चलचित्र उद्योगलाई साथ दिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्