बेरुजु घटाउने लक्ष्यमा नेपाली सेना, फस्र्योट प्रक्रिया तीव्र



काठमाडौँ, जेठ ३० । नेपाली सेनाले वर्षौंदेखिका बेरुजु फस्र्योटलाई तीव्रता दिँदै चालु आर्थिक वर्षभित्र बेरुजु घटाउने लक्ष्य लिएको जनाएको छ।

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रधान सेनापति अशोकराज सिग्देल ले कुल बेरुजुको ६० प्रतिशत फस्र्योट गर्ने लक्ष्य रहे पनि हालसम्म करिब ११ प्रतिशत मात्रै प्रगति भएको र असार मसान्तसम्म १५ प्रतिशत पुर्‍याउने प्रयास भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार पुराना कागजात र प्रमाण खोजी गरी बेरुजु टुङ्ग्याउने कामलाई प्राथमिकता दिइएको छ। सैनिक कल्याणकारी कोषतर्फको बेरुजु फस्र्योटलाई समेत विशेष प्राथमिकतामा राखिएको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्