चेक अनादर ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ



काठमाडौं,जेठ ३० । चर्चित सेफ सन्तोष साह चेक अनादर तथा ठगी कसुरमा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो।

कार्यालयका अनुसार साहलाई गएराति पक्राउ गरिएको हो।गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक अनादर भएको विषयमा उनीमाथि अनुसन्धान भइरहेको छ।

उक्त प्रकरणमा साहसँगै नारायण साह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्