सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कार्की नियुक्त



काठमाडौं, असार ३० — सशस्त्र प्रहरी बल नेपालले आफ्नो प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिएको छ।

यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्टको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार संगठनको सूचना सम्प्रेषण तथा सञ्चारसम्बन्धी कार्य अबदेखि डीआईजी कार्कीले सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्