चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल



काठमाडौं,जेठ ३१ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा वार्ता गर्ने कार्यक्रम रहेको छ। यसका साथै उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनका अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम तय गरिएको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोहसमेत आयोजना गर्नेछ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्नेछन्।

मन्त्री खनाल आफ्नो चारदिने भ्रमण सम्पन्न गरी आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्