पूर्व विजेता उरुग्वेलाई साउदी अरबले रोक्यो, खेल १–१ को बराबरी



एजेन्सी,असार २ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को दोस्रो खेलमा साउदी अरब र पूर्व विश्व विजेता उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

मियामी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साउदी अरबले पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको ४१औँ मिनेटमा अब्दुलइलाह अलअम्रीले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याए। पहिलो हाफभरि साउदीको रक्षापंक्ति मजबुत देखिँदा उरुग्वेका आक्रमणकारी खेलाडीहरू प्रभावहीन बने।

दोस्रो हाफमा भने उरुग्वेले आक्रमणको तीव्रता बढायो। त्यसको फलस्वरूप खेलको ८०औँ मिनेटमा माक्सी अराउजोले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए। बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुंगियो।

यस नतिजासँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक जोडेका छन्। साउदी अरबले बलियो प्रतिद्वन्द्वीलाई बराबरीमा रोक्दै सुखद सुरुआत गरेको छ भने उरुग्वेले अन्तिमतिर गोल गर्दै हारबाट जोगिएको छ। यसै समूहको अर्को खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्