जेनजी आन्दोलनका क्रममा फरार कैदी ९ महिनापछि पक्राउ
काठमाडौं,असार २ । २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकी कैदी रमा चौलागाई पक्राउ परेकी छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार ४८ वर्षीया चौलागाई काठमाडौं महानगरपालिका–६ की बासिन्दा हुन्। उनी चेक अनादर मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेकी थिइन्।
काठमाडौँ जिल्ला अदालत, बबरमहलको २०७७ पुस २८ गतेको फैसलाअनुसार बिगो बापतका दुई वटा मुद्दामा चार वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने भएपछि उनी सुन्धारा कारागारमा रहेकी थिइन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकी उनलाई २०८३ असार २ गते काठमाडौं महानगरपालिका–५ शिवचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी चौलागाईलाई फैसला कार्यान्वयनका लागि पुनः सुन्धारा कारागार पठाइएको प्रहरीले जनाएको छ।

