चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान



काठमाडौं, असार २ । परराष्ट्रमन्त्री शिशिर खनाल ले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको नयाँ अध्याय निर्माणमा योगदान गर्न आह्वान गरेका छन्।

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर, युवा जनशक्ति र लगानीमैत्री वातावरणबारे जानकारी गराएका हुन्। उनले थप सक्षम तथा व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनका क्रममा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटवार्ता गरेका थिए। कार्यक्रममा नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे नेपाल लगानी बोर्ड का प्रतिनिधिले प्रस्तुतीकरण गरेका थिए।

भ्रमणकै क्रममा मन्त्री खनालले वाङ हुनिङ सँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

त्यसैगरी, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिर परिसरमा रहेको श्वेत स्तूपको अवलोकन गरेका थिए। नेपालको राष्ट्रिय विभूति अरनिको द्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतीक मानिन्छ।

मन्त्री खनालले चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे धारणा राखेका थिए।

चीनका विदेशमन्त्री वाङ यी को निमन्त्रणामा आइतबार बेइजिङ पुगेका मन्त्री खनाल भ्रमण सम्पन्न गरी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको

प्रतिक्रिया दिनुहोस्