रास्वपाको महाधिवेशन तयारी तीव्र



चितवन,असार ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने भएको छ।

महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति परिचालन गरिएका छन् भने उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त विशेष डोम निर्माण भइरहेको छ।

भरतपुरको गेस्टहाउस चौरमा हुने उद्घाटन समारोहमा करिब ४० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। महाधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निमन्त्रणा गरिएको छ।

सहभागीहरूको आवास व्यवस्थापनका लागि चितवनका सयभन्दा बढी होटल तयारी अवस्थामा छन्। होटल संघ चितवनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्