डिजिटल नेपाल अभियानमा हुवावेको सहकार्य प्रस्ताव



काठमाडौं,असार ५ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको टोलीले शिष्टाचार भेट गरी नेपालमा डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यबारे छलफल गरेको छ।

भेटमा अध्यक्ष हेले डिजिटल नेपाल अभियानलाई प्रभावकारी बनाउन दूरसञ्चार पूर्वाधार आधुनिकीकरण, डेटा सेन्टर, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा स्वच्छ ऊर्जा प्रविधिमा हुवावे सहकार्य गर्न तयार रहेको बताउनुभयो।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्र सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै हुवावेको सेवा र कार्यसम्पादनमाथि प्रश्न उठ्ने अवस्था आउन नहुने बताउनुभयो। उहाँले पारदर्शिता, जिम्मेवारी र कार्यकुशलतासहित सेवा सुधार गर्न आग्रह गर्दै नेपाल टेलिकमसँग समन्वय गरेर उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्