कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी
काठमाडौं,असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।तीमध्ये ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी थिए।
लिंगगत विवरणअनुसार परीक्षामा १ लाख ७२ हजार ०१२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य २९० जना परीक्षार्थी सहभागी भएका थिए।
बोर्डका अनुसार देशभर १ हजार ४२० परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने जापानमा १ केन्द्रसहित कुल १ हजार ४२१ केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो। सबैभन्दा बढी काठमाडौंमा १६१ परीक्षा केन्द्र तोकिएको थियो भने मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र रहेको थियो।

