टोकियोको विद्यालयमा आगलागी, ३०० जना सुरक्षित उद्धार



जापान,असार ५ । जापानको राजधानी टोकियोस्थित एक प्राथमिक विद्यालयमा शुक्रबार बिहान आगलागी हुँदा करिब ३०० विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।

टाकिनोगावा नम्बर–३ प्राथमिक विद्यालयको चौथो तलास्थित सङ्गीत कक्ष नजिकबाट आगो सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीपछि तत्काल उद्धार अभियान सञ्चालन गरी सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई नजिकैको पार्कमा सारिएको थियो।

अधिकारीहरूका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।अग्नि नियन्त्रकहरूले आगो फैलिन नदिन तीव्र रूपमा काम गरेका थिए। विद्यालय भवनको माथिल्लो भागमा केही भौतिक क्षति पुगेको बताइएको छ।

आगलागीको कारण खुल्न नसकेको र सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्