नुवाकोटमा कुखुरा फार्मभित्र झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला



नुवाकोट, असार ६ — नुवाकोटको ककनी गाउँपालिका–५ भोटथानसिङ चापाबोटमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीय ५९ वर्षीय चतुरमान तामाङ शनिबार बिहान करिब २ बजे आफ्नै घरबाट करिब १०० मिटर दक्षिणतर्फ रहेको भतिज ३२ वर्षीय कृष्णबहादुर लामाको कुखुरा फार्मभित्र मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले दिएको जानकारी अनुसार तामाङले फार्मभित्र रहेको फलामको बलोमा विद्युतीय तारको पासो लगाई झुण्डिएको अवस्थामा मृत्यु भएको पाइएको हो।

घटनाबारे आफन्तले जानकारी गराएपछि प्रहरी चौकी रानीपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोली घटनास्थल पुगेको थियो।प्रारम्भिक अनुसन्धानका क्रममा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी रानीपौवाबाट करिब पाँच किलोमिटर उत्तर–पूर्वमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्