विश्वकपमा मुख छोपेर बोल्दा पाराग्वेका अल्मिरोनलाई रातो कार्ड



एजेन्सी,असार ६ । फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्धको खेलमा पाराग्वेका मिगुएल अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड देखाइएको छ।

खेलको थप गरिएको समयको तेस्रो मिनेटमा फाउलसम्बन्धी विवादका क्रममा अल्मिरोनले टर्कीका एक खेलाडीसँग मुख छोपेर कुरा गरेका थिए। त्यसपछि खेल सञ्चालनकर्ताले भिडियो प्रविधिको सहयोगमा घटनाको समीक्षा गरेका थिए।

समीक्षाका क्रममा अल्मिरोनले बोल्दा मुख छोपेको पुष्टि भएपछि उनलाई सिधै रातो कार्ड दिइएको हो। फिफाले प्रतियोगिता सुरु हुनुअघि नै खेलाडीहरूले मुख छोपेर संवाद गर्दा विवाद र गलतफहमी बढ्न सक्ने भन्दै यस्तो कार्य गरेमा रातो कार्डको कारबाही हुने चेतावनी दिएको थियो। सोही नियमअनुसार अल्मिरोन कारबाहीमा परेका हुन्।

यस घटनापछि विश्वकपमा लागू गरिएको नयाँ अनुशासनात्मक व्यवस्थाबारे थप चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्