जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न



ललितपुर, असार ७ — वर्षा, सहकाल र मानवताका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार ललितपुरको जावलाखेलमा भव्य रूपमा सम्पन्न भएको छ।

जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह तथा अन्य विशिष्ट व्यक्तित्वहरू सहभागी भई जात्राको अवलोकन गर्नुभएको थियो।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले श्रद्धा र उत्साहका साथ मनाउने यो जात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।धार्मिक सद्भाव, सांस्कृतिक एकता र परम्पराको संरक्षणको प्रतीकका रूपमा रहेको यस जात्रामा हजारौँ भक्तजन तथा दर्शकहरूको सहभागिता रहेको थियो।

परम्पराअनुसार भोटो प्रदर्शन गरिएसँगै यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा विधिवत् रूपमा सम्पन्न भएको हो। यस पर्वले नेपाली समाजको सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता र सामूहिक एकताको सन्देश प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्