अन्तरराष्ट्रिय योग दिवस आज देशभर मनाइँदै



काठमाडौं,असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित ११औँ अन्तरराष्ट्रिय योग दिवस आज नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा घोषणा गरेपछि सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा यो दिवस मनाउन थालिएको हो।
नेपालमा भने माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाइन्छ।

योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ योगासन प्रदर्शन तथा योगको महत्वबारे जानकारी गराइनेछ।

प्रतिक्रिया दिनुहोस्