रास्वपा महाधिवेशनमा शीर्ष राजनीतिक नेताहरूको सहभागिता



चितवन,असार ७ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू चितवन पुगेका छन्।

रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा स्वयं उपस्थित हुने निर्णयसहित चितवन पुगेका हुन्।

उद्घाटन सत्रमा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन तथा जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरू पनि सहभागी हुन चितवन पुगेका छन्।

रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनमार्फत आगामी संगठनात्मक दिशा, नेतृत्व चयन तथा राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो पैदा गरेको छ।

प्रतिक्रिया दिनुहोस्