सुनचाँदिकाे मूल्य बढ्याे, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडाैं,असार ७ । आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। गत शुक्रबार एकैदिन ताेलामा १० हजार ५०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज प्रतिताेला ६०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ८७ हजार ३०० रूपैयाँमा निर्धारण भएकाे छ।

गत शुक्रबार छापावाल सुन प्रतिताेला ३ ला ८६ हजार ७०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदीकाे मूल्य पनि आज ताेलामा ५० रूपैयाँ बढेकाे छ। गत शुक्रबार प्रतिताेला ४ हजार ६ सय ४० रूपैयाँमा काराेबार भएकाे चाँदी आज ४ हजार ६ सय ९० पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्