रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गर्न वरिष्ठ नेता शाह चितवन आइपुगे



चितवन, असार ६ — प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुग्नुभएको छ।

आज अपराह्नदेखि सुरु हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। पार्टीका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशन उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ। महाधिवेशनले पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा नीति–कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्