रेविज खोप अभाव नरहेको मन्त्रालयको दाबी



काठमाडौं,असार १० । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविजविरुद्धको खोप अभाव नभएको स्पष्ट गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार आकस्मिक उपचारका लागि आवश्यक खोप देशभरका अस्पतालमा उपलब्ध छ।

मन्त्रालयले थप पाँच हजार भाइल खोप खरिदका लागि पुनः टेन्डर प्रक्रिया अघि बढाएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि छिट्टै चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताइएको छ।

उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले रेविज खोप लगाउन आउने सबै बिरामीलाई नियमित सेवा दिइरहेको जनाएको छ।अस्पतालमा दैनिक करिब १८० जनाले रेविजविरुद्धको खोप लगाउने गरेका छन्।

चालु आर्थिक वर्षमा मात्र ५५ हजार ७५९ जनालाई रेविजविरुद्धको खोप लगाइएको अस्पतालको तथ्याङ्क छ।

प्रतिक्रिया दिनुहोस्