रास्वपाको दोस्रो चरणको निर्वाचन आज दिउँसो ४ बजेदेखि
चितवन,असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापति रवि लामिछाने ले पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि आवश्यक तयारी तीव्र पारिएको हो।
रास्वपाका प्रवक्ता मनिष झा ले खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुने जानकारी दिए।
उनका अनुसार निर्वाचन आयोगले एक जना मतदाताले ४ देखि ५ मिनेटभित्र मतदान सम्पन्न गर्न सक्ने आकलन गरेको छ। सोही आधारमा दोस्रो चरणको निर्वाचन प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको प्रवक्ता झाले बताए।
रास्वपाले नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ।

