रास्वपाको केन्द्रीय सदस्य मतपरिणाम सार्वजनिक, स्वर्णिम वाग्ले सर्वाधिक मतसहित अग्रस्थानमा



काठमाडौं, असार १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ। विजयी उम्मेदवारको औपचारिक घोषणा भने प्रवासबाट आएको मतसमेत जोडेर अन्तिम परिणाम सार्वजनिक गरेपछि मात्रै गरिने निर्वाचन आयोगले जनाएको छ।

खुला केन्द्रीय सदस्यतर्फ ३२ पदका लागि २०४ जनाले प्रतिस्पर्धा गरेका थिए। सार्वजनिक प्रारम्भिक मतपरिणामअनुसार डा. स्वर्णिम वाग्लेले २,६०७ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत ल्याएका छन्।

त्यसैगरी सोविता गौतमले २,५९४, शिशिर खनालले २,४९५, सागर ढकालले २,३३३, तोसिमा कार्कीले २,२५७, रञ्जु दर्शनाले २,२४९, मनिष झाले २,२३७, हरि ढकालले २,२१९, कविन्द्र बुर्लाकोटीले २,१८४, विपिन आचार्यले २,१२६, रमेश प्रसाईंले २,१२३, विराजभक्त श्रेष्ठले २,०९४, निशा डाँगीले २,०७९, इन्दिरा राना मगरले २,०४७, गणेश पराजुलीले २,०४५, जगदीश खरेल (ललितपुर) ले २,०४४, पुकार बमले २,०३० र सुलभ खरेलले २,००८ मत प्राप्त गरेका छन्।

रास्वपाले हाल सार्वजनिक गरिएको विवरण उम्मेदवारहरूले प्राप्त गरेको प्रारम्भिक मत रहेको र प्रवासबाट आएको मतसमेत समावेश गरी अन्तिम मतपरिणाम पुनः सार्वजनिक गरिने जनाएको छ। त्यसपछि मात्रै निर्वाचित केन्द्रीय सदस्यहरूको औपचारिक घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस्