एमालेलाई एकताबद्ध बनाएर अघि बढाइने : अध्यक्ष ओली



काठमाडौं, असार १२ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनविश्वासयोग्य बनाउँदै अघि बढाइने बताउनुभएको छ।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र एकता कायम गर्दै संगठनलाई थप मजबुत बनाइने विश्वास व्यक्त गर्नुभयो।उहाँले २०७४ सालको निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति–सुरक्षा तथा सुशासनका क्षेत्रमा ऐतिहासिक काम गरेको दाबी गर्नुभयो।

अध्यक्ष ओलीले एउटा निर्वाचनमा पराजित हुँदैमा सुदृढ संगठन र व्यापक जनाधार भएको एमालेका नेता–कार्यकर्ता निराश हुन नहुने उल्लेख गर्दै जनतामाझ अझ सक्रिय रूपमा पुग्न आग्रह गर्नुभयो।एमालेले हाल सातै प्रदेशमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाएको

प्रतिक्रिया दिनुहोस्