रास्वपाले उठायो सङ्घीयता पुनर्संरचनाको बहस



भरतपुर,असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सङ्घीयता र प्रदेश संरचनाको पुनर्संरचनाको प्रस्ताव अघि सारिएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ।

उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थराजनीतिक प्रस्तावनामा प्रदेश सभाको पुनर्संरचना, प्रशासनिक सुधार, खर्च कटौती, अधिकारको स्पष्ट बाँडफाँट र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको छ। रास्वपाले सङ्घीयता खारेज नभई थप प्रभावकारी, जवाफदेही र नागरिकमुखी बनाउनुपर्ने धारणा राखेको छ।

राजनीतिक विश्लेषकहरूले भने प्रस्तावलाई मिश्रित रूपमा लिएका छन्। केहीले यसलाई समयानुकूल सुधारको प्रयास भनेका छन् भने केहीले सङ्घीय संरचना कमजोर पार्ने जोखिम रहेको बताएका छन्।रास्वपाले संविधान संशोधनमार्फत प्रदेश सभाको खारेजीसहित शासकीय सुधारका विषयलाई बहसका लागि अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्