सवारी दुर्घटनामा उपमेयरको निधन



प्युठान,असार १४ । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका ५० वर्षीय उपमेयर राना मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उपमेयर राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्