मनसुनको जोखिममा कृषि, किसानसम्म समयमै पुग्दैन पूर्वसूचना



काठमाडौँ, असार १४ — यस वर्ष नेपालको कृषि क्षेत्र मनसुनजन्य विपत्को उच्च जोखिममा परेको छ। पर्याप्त वर्षा नहुँदा अतिवृष्टि र अनावृष्टि दुवैको खतरा बढेको छ।

देशको करिब ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहे पनि प्रभावकारी प्रतिकार्य योजना, पूर्वसूचना प्रणाली र तीन तहका सरकारबीच समन्वयको अभावका कारण किसान समयमै आवश्यक सूचना र सहयोगबाट वञ्चित भइरहेका छन्।

विज्ञहरूले बजेट, जनशक्ति र नीतिगत स्पष्टताको कमीले कृषिक्षेत्रको जोखिम अझ बढाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्