एकैदिन ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो



काठमाडौं,असार १४ । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ४ हजार ७०० रुपैयाँले बढेको हो।

मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। उक्त दिन बजारमा छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार प्रतितोला ५५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने तोलामा १४५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ४ हजार १८० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आजका लागि भने ४ हजार ३२५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्