जलवायु सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्यान्ड प्रस्थान



काठमाडौँ,असार १५ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आइतबार थाइल्यान्डको ब्याङककतर्फ प्रस्थान गर्नुभएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँचदिने सम्मेलनका क्रममा उहाँले आज हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलन’को उच्चस्तरीय सत्र तथा ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागिता जनाउनुहुनेछ।

सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण, पेरिस सम्झौताको कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँग सहकार्य सुदृढ गर्ने विषयमा छलफल हुनेछ। साथै मन्त्री चौधरीले जलवायु परिवर्तनका प्रभाव, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि नेपालले गरेका प्रयास र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा भएको प्रगतिबारे विश्व समुदायलाई जानकारी गराउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्