साेमबार ताेलामा १४ सय रूपैयाँले सस्तियाे सुन, चाँदीमा पनि गिरावट
काठमाडौं,असार १५ । नेपाली बजारमा लगातार दुई दिन बढेकाे सुनचाँदीकाे भाउ आज फेरि घटेकाे छ। हिजाे ताेलमा ४ हजार ७०० रुपैयाँले बढेको सुनकाे भाउ आज १४ सय रुपैयाँ सस्तिएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

