कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती



काठमाडौँ, असार १६ — नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको तथ्य सार्वजनिक भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २०८३ वैशाखमा सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अनुसार १० लाख ३५ हजारभन्दा बढी बालबालिकाको परीक्षण गर्दा ८८ हजारभन्दा बढी तीव्र कुपोषित र १८ हजार ३०९ जना गम्भीर तीव्र कुपोषित भेटिएका छन्।

तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित प्रदेश मधेश रहेको छ। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेश रहेका छन्। मन्त्रालयले कुपोषण न्यूनीकरणका लागि उपचारात्मक पोषण आहार, पोषण पुनर्स्थापना सेवा तथा जोखिमका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

साथै, प्राप्त तथ्याङ्क आगामी नीति, बजेट तथा बहुक्षेत्रीय पोषण योजनाको आधार बन्ने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्