लगातार ओरालो लाग्दै शेयर बजार



काठमाडौं,असार १६ । नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। आज २४ दशमलव ६३ अंकले घटेसँगै नेप्से २ हजार ६०८ अंकमा कायम भएको छ, जुन पछिल्लो ६ महिनाकै तल्लो विन्दु हो।

बजारमा अधिकांश समूहका सूचक घट्दा समग्र परिसूचकमा दबाब परेको हो। यद्यपि बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ।

लगातारको गिरावटका कारण लगानीकर्तामा सावधानी बढेको देखिएको छ भने बजारको आगामी दिशाप्रति चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्