रमजानको अवसरमा ३३ नेपाली कैदीलाई साउदीको शाही आममाफी, नेपाल सरकारद्वारा कृतज्ञता व्यक्त
काठमाडौं, असार १६ – नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकोमा साउदी अरब अधिराज्यको सरकारप्रति कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ।
मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि साउदी सरकारले ३३ नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेको हो।
आममाफी प्राप्त गरेका नेपाली कैदीबन्दीहरू साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ।

