गर्मीबढेसँगै बजारमा ‘मही’ को माग उच्च
काठमाडौँ, असार १७ — गर्मी बढेसँगै प्राकृतिक तथा स्वास्थ्यवर्धक पेय पदार्थ ‘मही’ को माग उल्लेख्य रूपमा बढेको छ। कृत्रिम पेयप्रति बढ्दो सावधानी र स्वास्थ्य सचेतनाका कारण मही युवा पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको छ।
नेपाल डेरी एसोसिएसनका अनुसार देशभरका करिब ५० डेरी उद्योगले दैनिक करिब एक लाख लिटर मही उत्पादन तथा बिक्री गरिरहेका छन्। चिकित्सकका अनुसार महीमा रहेका प्रोबायोटिक, क्याल्सियम र प्रोटिनले पाचन प्रणाली सुधार गर्न, शरीरमा पानीको सन्तुलन कायम राख्न तथा पोषण प्रदान गर्न सहयोग पुर्याउँछ।
महीको बढ्दो लोकप्रियतासँगै यसको गुणस्तर र प्राकृतिकपन कायम राख्नुपर्ने आवश्यकता पनि सरोकारवालाले औँल्याएका छन्।

