मोबाइल स्क्यानिङ एपबाट सरकारी कागजात स्क्यान नगर्न सरकारको निर्देशन



काठमाडौं,असार १८ – सरकारले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजात मोबाइल स्क्यानिङ एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार परिपत्र जारी गर्दै सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो।

कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको उल्लेख गरिएको छ।

परिपत्रमा मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्ने भएकाले त्यस्ता कागजात स्क्यान गर्न मोबाइल एपको प्रयोग नगर्न सबै सरकारी निकायलाई सचेत गराइएको छ।

प्रतिक्रिया दिनुहोस्