मोबाइल चोरीको आरोपमा चार बालबालिकालाई बाँधेर कुटपिट, चार महिला पक्राउ
बारा, असार १८ — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोपमा चार बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइवा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार ती महिलाले मङ्गलबार बरको रूखमा बाँधेर चार बालबालिकामाथि कुटपिट गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चारैजनाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

