हवाई इन्धन सस्तो भएपछि आन्तरिक हवाई भाडा घट्यो
काठमाडौँ, असार १८ — नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा समायोजन गरेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट ४० रुपैयाँ घटाएर २२९ रुपैयाँ कायम गरेपछि प्राधिकरणले संशोधित भाडा लागू गर्न एयरलाइन्सलाई निर्देशन दिएको हो।
नयाँ दरअनुसार काठमाडौँ–धनगढी उडानको भाडा सबैभन्दा धेरै एक हजार ५६५ रुपैयाँ घटेर आठ हजार ९५५ रुपैयाँ कायम भएको छ।
काठमाडौँ–सुर्खेत, नेपालगञ्ज, भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, जनकपुरलगायत अधिकांश गन्तव्यको भाडा पनि घटाइएको प्राधिकरणले जनाएको छ।

