आज एकैदिन ६ हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं,। नेपाली बजारमा लगातार ३ दिन घटेकाे सुनकाे भाउ बिहिबार भने बढेकाे छ। आज एकैदिन सुनकाे भाउ ताेलामा ६ हजार ३०० रूपैयाँले घटेकाे हाे । गत ३ दिनमा सुनकाे भाउ ६ हजार ५०० रूपैयाँ घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ ताेलाकाे २ लाख ८३ हजार ५०० रूपैयाँ ताेकिएकाे छ।

हिजाे ताेलामा ६०० रूपैयाँले घटेर सुन प्रतिताेला २ लाख ७७ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १८० रूपैयाँ घटेकाे छ। हिजाे ४ हजार २ सय ७० रूपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ यसदिन ४ हजार ४ सय ५० रूपैयाँ ताेकिएकाे छ।

प्रतिक्रिया दिनुहोस्