कालीगण्डकी किनारमा ‘दुग्ध कोरिडोर’को सपना, किसान कुँवरको फार्मबाट दैनिक २५० लिटर दूध उत्पादन



गुल्मी, असार १९ — कालीगण्डकी कोरिडोर सञ्चालनमा आएपछि गुल्मीको सत्यवती गाउँपालिका–२ का किसान ओमबहादुर कुँवरले व्यावसायिक दुग्ध उत्पादन विस्तार गर्दै ‘दुग्ध कोरिडोर’को अवधारणा अघि बढाउनुभएको छ।

सत्यवती कृषि तथा पशुपालन फार्ममार्फत उहाँले हाल दैनिक करिब २५० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ। फार्ममा २४ गाई, ४० बाख्रासहित करिब एक करोड ५० लाख रुपैयाँको लगानी रहेको छ भने मासिक करिब पाँच लाख रुपैयाँको कारोबार हुने गरेको छ।

युवालाई निःशुल्क सीप प्रशिक्षणसमेत दिँदै आउनुभएका कुँवरले आगामी दुई वर्षभित्र दूध उत्पादन दैनिक ४०० लिटर पुर्‍याउने लक्ष्य राख्नुभएको छ। गाउँपालिकाका अनुसार गत जेठसम्म पाँच लाख २२ हजार लिटर दूध संस्थागत रूपमा बजारीकरण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्