प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस



काठमाडौं,असार १९ — संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद् बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद्का सदस्य तथा प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णका अनुसार बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने अर्को निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ।

नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्