बागमती प्रदेशमा बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी



हेटौँडा, असार २० — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ‘ह्विप’ जारी गरेको छ।

आज हेटौँडामा दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्दै ह्विप जारी गरेको हो। बैठकमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुभएको थियो।

बागमती प्रदेश सरकारको बजेट नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको समन्वयमा प्रस्तुत गरिएको हो। बजेट निर्माणअघि दुवै दलका संसदीय दलले नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्