असार मसान्तभित्र संविधान संशोधन बहसपत्र प्रधानमन्त्रीलाई बुझाइने
काठमाडौं, असार २० — प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको बताएका छन्।
वर्तमान सरकार गठनको १०० दिनमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक शाहले कार्यदलले संविधान संशोधनसम्बन्धी काम तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार कार्यदलले विभिन्न सरोकारवाला निकाय, संविधानविद् तथा राजनीतिक दलसँग छलफल गरिसकेको छ र अहिले प्रतिवेदन लेखनको चरणमा पुगेको छ। शाहले असार मसान्तभित्र प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्ने लक्ष्यका साथ कार्यदलले काम गरिरहेको स्पष्ट पारे।

