धान रोप्ने क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु, दुई घाइते



दाङ, असार २० — दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार बङ्गाचुली गाउँपालिका–२ मर्पेसकी २६ वर्षीया दीपा थापाको उपचारका क्रममा आज साँझ करिब ६:३० बजे मृत्यु भएको हो।

घटनामा सोही स्थानकी २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धान रोप्ने क्रममा परेको चट्याङले उनीहरू घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्