सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ



ललितपुर,असार २२। सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका भट्टलाई पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानबाट भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्