‘टेरामक्स’ खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसञ्चारमन्त्री बस्नेतलाई सफाइ



काठमाडौं,असार २२ । नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र  उमेश कोइरालाको इजलासले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको हो ।

अदालतले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भने दोषी ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्