घरजग्गा बजारमा सुधार, कारोबार ६.४२ प्रतिशतले बढ्यो
काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको प्रतिवेदनअनुसार लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा सुधार देखिएको छ।
देशभर घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ६.४२ प्रतिशतले बढेको छ भने कारोबार मूल्य एक खर्बबाट बढेर एक खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिवेदनअनुसार घरजग्गा कारोबारबाट उठ्ने राजस्व २३.३२ प्रतिशत र पुँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भएको छ।आवासीय घरजग्गासहित यस क्षेत्रमा प्रवाह भएको बैंक तथा वित्तीय संस्थाको कर्जा पनि ५.५५ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी ३८.०९ प्रतिशत कारोबार वृद्धि हुँदा मधेशमा ८.५१ प्रतिशतले गिरावट आएको छ।महानगरमध्ये काठमाडौंमा घरजग्गा कारोबार १०८.६२ प्रतिशत र कारोबार मूल्य २२३.२१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

