नयाँ प्रणालीबाट विद्युतीय राहदानी, केही दिन सेवा बन्द



काठमाडौं, असार २३ — सरकारले विद्युतीय राहदानी वितरणलाई नयाँ प्रणालीमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ। राहदानी विभागका अनुसार असार २९ गतेदेखि जर्मनीका दुई कम्पनीको सहकार्यमा नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालन हुनेछ।

नयाँ प्रणालीमा रूपान्तरणका कारण जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान हुने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म बन्द रहनेछ। राहदानी विभागबाट दिइने सेवा भने असार २५ र २६ गते बन्द हुनेछ।

विभागले सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै सार्वजनिक बिदापछि असार २९ गतेदेखि सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्