एडिबीबाट २५ अर्ब ८ करोड ऋण, खानेपानी र रसद सुधारमा खर्च हुने



काठमाडौं,असार २३ । सरकारले एसियाली विकास बैंक (एडिबी)सँग २५ अर्ब ८ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको छ।

उक्त रकममध्ये १७ अर्ब ५० करोड रुपैयाँ एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा तथा करिब ७ अर्ब ६० करोड रुपैयाँ दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग र रसद सुधार उपकार्यक्रममा खर्च गरिनेछ।

सम्झौतापछि एडिबी अध्यक्ष मासातो कान्डाले नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्विपक्षीय साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्