दशगजा व्यवस्थित बनाउन गृहमन्त्रीको निर्देशन, तस्करी नियन्त्रणमा जोड
दमक,असार २३ । गृहमन्त्री सुधन गुरुङले झापाको पूर्वी सीमाक्षेत्रको अनुगमन गर्दै मेची पुल र दशगजा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कदम चालिने बताउनुभएको छ।
उहाँले चोरी–तस्करी नियन्त्रण, भन्सार राजस्व चुहावट रोक्न, सीमा निगरानी कडा बनाउन र सुरक्षा संयन्त्रलाई परिणाममुखी रूपमा परिचालन गर्न निर्देशन दिनुभयो। साथै, जोरसिमलस्थित अस्थायी सशस्त्र प्रहरी चेकपोस्ट तत्काल हटाई आवश्यकताअनुसार पुनः व्यवस्थापन गर्न आदेश दिनुभएको छ।
स्थानीयसँग सुरक्षा, सीमा व्यवस्थापन र नागरिकका गुनासाबारे छलफल गर्नुका साथै बलात्कार पीडित बालिकाको न्याय र आन्दोलनका घाइतेको उपचारबारे पनि चासो व्यक्त गर्नुभएको छ।

