नुवाकोटको बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नुवाकोट, असार २३ – नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ८ः३० बजे विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको मोटरसाइकलले पैदलयात्री विदुर–४ निवासी करिब ५५ वर्षीय प्रेमप्रसाद रिजाललाई ठक्कर दिएको थियो।
दुर्घटनामा रिजालको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई प्रारम्भिक उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट लगिएको र थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं रिफर गरिएको थियो। उपचारकै क्रममा राति करिब ११ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक विदुर–१ निवासी करिब ३० वर्षीय राजकुमार मिजारको दाहिने हत्केलामा सामान्य चोट लागेको छ।उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

