१४ दिनमै एसईई ग्रेडवृद्धि नतिजा, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर,असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको १४ दिनमै सार्वजनिक गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीमध्ये ८३ हजार ५२३ जना अर्थात् ६४.६९ प्रतिशत उत्तीर्ण भएका छन्।
असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा छिटो प्रकाशन गरिएको हो। पुनर्योगका लागि विद्यार्थीले बोर्डको वेबसाइटमार्फत असार २५ देखि ३१ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
सरकारले शैक्षिक नतिजा समयमै सार्वजनिक गर्न दिएको निर्देशनअनुसार पछिल्लो समय नतिजा प्रकाशन प्रक्रिया छिटो हुँदै गएको छ।

